काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अनुसार काम गरिरहेका राष्ट्रपतिलाई जबरजस्ती चिथोर्ने काम भइरहेको छ टिप्पणी गरेका छन्।
शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो राष्ट्रपतिलाई चिथोर्ने प्रतिष्पर्धा चलिरहेको बताए।
'जसले राष्ट्रपतिलाई गाली गर्न सक्ने मुख छोड्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन चल्या छ। हिजो पनि केही भूतपूर्वकहरुको लस्करले प्रेस मिट गरेको देख्याथिएँ। त्यसमा पनि राष्ट्रपतिमाथि राष्ट्रपति भन्दा राजै राम्रो भन्नेसम्म उहाँहरु पुग्नुभयो', ओलीले भने, 'कतिबेला के बोल्ने थाहा छैन। राष्ट्रपतिलाई जे अधिकार दिएका छौं त्यसमा राष्ट्रपति सीमित हुनुहुन्छ।'
उनीहको भनाइ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'प्रति लक्षित थियो।
'उहाँहरुको सम्बन्धमा केही भन्नु छैन। आ-आफ्नो कल्चरल लेभलको कुरा पनि होला? अर्को कुरा गणतन्त्रप्रतिको वैरभाव पनि होला', प्रधानमन्त्री ओलीले भने, 'उहाँहरू सभ्य मर्यादित समाज होइन, असभ्य समाज बनाउन चाहनुहुन्छ। उहाँहरुका बोलाई चलाई अभिव्यक्ति यी सबै कुरामा देखिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।