काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही असार १७ गतेबाट हुने राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेपछि शुक्रबार बानेश्वरस्थित संसद् भवन पुगेर तिमिल्सिनाले आवश्यक तयारीका लागि संसद सचिवालयलाई निर्देशन दिएका हुन्।
यसअघि शुक्रबार नै अध्यक्ष तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का दलका नेता तथा सचेतहरूसँग संसद् बैठकबारे परामर्श गरेको उनको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।