काठमाडौं– माओवादी केन्द्र छाडेर एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त भएको छ। २०७४ सालको स्थानाीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित उनीहरु अदालतले नेकपा एकता खारेज गरेपछि एमाले प्रवशे गरेका थिए।
माओवादी केन्द्रको अनुरोधका आधारमा निर्वाचन आयोगले उनीहरूको पद रिक्त गराएको हो। आयोगले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी उनीहरुलाई पदमुक्त भएको जानकारी दिएको हो
पदमुक्त हुनेमा रौतहटका ७, कैलालीका ४ तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना जनप्रतिनिधि रहेका छन्।
असार ७ गते बसेको माओवादी केन्द्रीय समितिको बैठकले पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय निर्वाचन आयोगलाई पठाएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।