काठमाडौं– सर्वोच्च अदालतमा जारी प्रतिनिधि सभा विघटनविरुद्धको संवैधानिक सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले बहस नोट बुझाएको छ।
यसअघि असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने आदेश दिँद सर्वोच्च अदालतले असार १० सम्म बहस नोट बुझाउन दुवै पक्षलाई आदेश दिएको थियो। त्यही आदेश बमोजिम बिहीबार दुवै पक्षले सर्वोच्च अदालतमा बहस नोट पेश गरेका हुन्।
राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निर्वाचन आयोगका तर्फबाट महान्यायाधिवक्ता कार्यालयका कानून व्यवसायीले २३ पृष्ठ लामो बहस नोट बुझाएका छन्।
महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सर्वोच्च अदालतमा बुझाइएको बहस नोट :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।