काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन राजनीतिक विषय भएको जिकिर गरेका छन्। उनले यसमा अदालत प्रवेश नगर्ने नजीर भएको दाबीसमेत गरे।
बिहीबार साँझ सरकारी स्वामित्वको सञ्चारमाध्यम नेपाल टेलिभिजनका लागि महेन्द्र विष्टलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यस्तो जिकिर गरेका हुन्।
'संसद विघटन राजनीतिक कारण हो, यसमा अदालत प्रवेश गर्दैन भन्ने नजिर पटक पटक स्थापित भएको छ', प्रधानमन्त्रीले भने, 'पहिलेका नजीर हेरिएन अहिले जे चाहियो, त्यही गरिएको छ। हिँड्दैछ छ पाइला मेट्दैछ जस्तो भएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।