Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विपक्षी गठबन्धनका ५ सन्देश- ‘जुनसुकै हदसम्म जान तयार, बाह्य चलखेल सहन्नौं’

64x64
नेपाल लाइभ बिहीबार, असार १०, २०७८  १९:४९
1140x725
तस्वीर : निमेषजंग राई/नेपाल लाइभ।

काठमाडौं- गत जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि ५ दलले केही घण्टापछि नै त्यसलाई असंवैधानिक कदम भनेर विरोध गरे। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले त्यसअघि नै विपक्षी गठबन्धनका रूपमा संयुक्त सहकार्य र संघर्ष गर्ने निर्णय गरे पनि त्यसयताका एक महिना संयुक्त बैठक र ओली सरकारविरुद्ध औपचारिक विज्ञप्तिमा आफूलाई सीमित राखेका थिए।  

बिहीबार विपक्षी गठबन्धनले प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गरेर अब ‘संविधान, लोकतन्त्र र मुलुकको रक्षाका लागि’ संघर्ष गर्नुपर्ने बेला भएको निर्क्योल सुनाएको छ। र, अब ‘नवीन संघर्षमा अघि बढ्ने’ घोषणा गरेको छ। त्यो संघर्षको खाका भने सार्वजनिक गरिसकेको छैन। 

प्रतिनिधि सभा विघटन गर्ने र बहुमत प्रतिनिधि सभा सदस्यहरुको समर्थनप्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको कदमलाई कानुनी चुनौती दिएको विपक्षी गठबन्धन अब त्यतिमै सीमित नरहने निर्क्योलमा पुगेको हो। बिहीबार सम्पादकहरुसँगको अन्तर्क्रियामा गठबन्धनका शीर्ष नेताहरुले ‘जुनसुकै तहमा पुगेर’ भए पनि संघर्ष गर्ने बताएका छन्। बिहीबारको अन्तर्क्रियामार्फत् विपक्षी गठबन्धनले मुख्यतः पाँचवटा सन्देश दिएको छ। 

१. ‘गठबन्धन अस्थायी होइन, निकै परसम्म जान्छ’ 
अन्तर्क्रियामा पाँच दलीय विपक्षी गठबन्धनको आयुबारे प्रश्न उठे। त्यसलाई सम्बोधन गर्दै माआवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो निकै लामो बहस र छलफलपछि बनेको गठबन्धन भएको, यसका पछाडि सैद्धान्तिक र राजनीतिक आधारसँगै भावना र संवेदनाका आधारसमेत जोडिएको उल्लेख गरे। संविधानको रक्षा र संविधानलाई समयानुकुल परिमार्जन गर्दै लैजाने, लोकतन्त्रका आधारभूत मूल्य मान्यताको रक्षा गर्ने तथा राष्ट्रियताको रक्षा गर्ने गठबन्धनका सैद्धान्तिक र राजनीतिक आधार भएको उनले बताए।

‘यो संविधान, लोकतन्त्र र राष्ट्र जोगाउने संघर्षका लागि बनेको गठबन्धन हो’, प्रचण्डले भने, ‘यसमा सहमत भएर हामीले गठबन्धन निर्माण गरेक हौं। यो प्रधानमन्त्री हटाउने वा बनाउने गठबन्धन नभएकाले निकै परसम्म जानेगरी बनेको हो। तपाईं यो गठबन्धनलाई ढुक्कले विश्वास गर्न सक्नुहुन्छ।’

प्रचण्डले अहिलेको संविधान रक्षाको कुरामात्र यसमा जोडिएको नभई हिजोदेखिका परिवर्तनलाई हाँकेका शक्तिहरु नै सामेल भएकाले यसको ऐतिहासिक आधारसमेत रहेको दाबी गरे। जसपाका अध्यक्ष उपेन्द्र यादवले भने, ‘लोकतन्त्र रक्षाका लागि हामी मिलेर अगाडि बढेका छौं।’

२. ‘संघर्षको आधार तयार छ, जनता आन्दोलित भइसके’
मुलुकको राजधानी काठमाडौं उपत्यकालगायत देशभरका धेरै जिल्लामा केही खुकुलो बने पनि निषेधाज्ञा जारी छ। भयावह बनेको कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न गरिएको निषेधाज्ञामा अत्यावश्यक बाहेकका सेवा र गतिविधि ठप्प छन्। तर, विपक्षी गठबन्धनले ‘सशक्त संघर्ष गर्ने’ भनेर सडक आन्दोलन र प्रदर्शनमा जाने संकेत गरिसकेको छ। यस्तो निर्णयमार्फत् एकातिर विपक्षी दलहरुले महामारीको भयावह अवस्थालाई नजरअन्दाज गरेको, अर्कोतर्फ नागरिकको प्राथमिकता आन्दोलन नभएको टिप्पणी भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, बिहीबार विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आन्दोलनको आधार तयार भइसकेको दाबी गरे। कांग्रेस सभापति देउवाले सम्पादकहरुसँगको छलफलमा भने, ‘हामी राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसद्को रक्षा तथा जनतालाई महामारी एवं प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच दलको संयुक्त मोर्चाका साथ अग्रसर भएका छौं। आवश्यक परेमा हामी जनपरिचालनको दिशातर्फ समेत अगाडि बढ्नेछौं।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त आन्दोलनको आधार नै तयार भइसकेको दाबी गरे। ‘जनतामा फ्रस्ट्रेसन निकै ठूलो छ, इनफ इज इनफ भन्ने कुराले सीमा नाघिसकेको छ’, प्रचण्डले भने, ‘अहिले कोभिड महामारी यसरी नबढेको भए लाखौं जनता स्वत:स्फूर्त सडकमा आइसक्ने थिए।’

३. ‘ओली र हामी उस्तै होइनौं’
सम्पादकहरुका प्रश्नको जवाफ दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीजस्तै भनेकोमा दुःखेसो पोखे। उनले आफूहरु संविधान, लोकतन्त्र र मुलुक जोगाउन लागिपरेको उल्लेख गर्दै ओलीले यी सबैलाई सिध्याउन खोजेको दाबी गरे।

‘केपी ओलीले बयलगाडाको सिद्धान्त विकास गर्दै गर्दा गणतन्त्रको झण्डा उठाउने माधव नेपाललाई उस्तै भन्न मिल्छ? एक मिनेट नसोचेर सजिलै प्रधानमन्त्री छाडिदिने प्रचण्ड र प्रधानमन्त्रीको कुर्सीमा बसिरहन देश नै बर्बाद पार्ने केपी ओली उस्तै हो?’, उनले भने, ‘हामी उस्तै होइनौं, हामीलाई उस्तै हुन् नभनिदिनुस्। हामी सेटिङ गरेर शासन गर्नेवाला होइनौं, सेटिङ भत्काउनेहरु हौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

४. ‘जस्तोसुकै अवस्था सामना गर्न तयार, जुनसुकै हदमा जान तयार’
बिहीबारको अन्तर्क्रियामा छोटो मन्तव्य दिनेक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने, ‘हामी कोर्स करेक्सनका निम्ति लागिपरेका छौं, केपी ओलीले मुलुकलाई राइटिस्ट (दक्षिणपन्थी) कोर्समा लैजाँदैछन्।’

त्यसक्रममा उनले आफूहरु सबै लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गरेर अघि बढ्न चाहेको उल्लेख गरे र छेउमै रहेका कांग्रेस सभापति शेरबहादुर देउवातर्फ हेरेर भने, ‘मान्छेबाट गल्ती हुन्छ, यदि केपी ओलीले पनि गल्ती महशुस गरेर करेक्सन गरेर आए, राजीनामा गरेर ठाउँ छाडिदिएर आए र म पनि वाम लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन्छु भनेर आए भने चाहिँ उनलाई पनि ठाउँ दिनुपर्छ है शेरबहादुरजी!’

तर, देशमा परिवर्तनका लागि लडेका वाम तथा लोकतान्त्रिक शक्तिहरुलाई बाइपास गरेर लोकतन्त्रविरोधी र राष्ट्रिय हितविरोधी शक्तिहरुसँग साँठगाँठ र चलखेल गर्ने, मुलुकलाई पछाडि लैजाने सोचेको हो भने त्यो सम्भव नहुने उनको भनाइ थियो।

तर, विपक्षी गठबन्धनका अरु नेताहरुले भने अब कित्ताकाट गरेर संघर्षमा अघि बढ्नुपर्ने बेला आइसकेको बताएका छन्। ‘यो सत्य र असत्यको संघर्ष हो, राष्ट्रहित र राष्ट्रघातमा लाग्नेको संघर्ष हो, यो लोकतन्त्र र निरंकुशतन्त्रबीचको संघर्ष हो, यसमा नेपाली जनताले जित्नैपर्छ’, प्रचण्डले भने, ‘हामीले जुनसुकै हद र तहमा गएर पनि संविधान, लोकतन्त्र र राष्ट्र बचाउनुपर्नेछ।’

प्रचण्डले जस्तोसुकै अवस्था आए पनि सामना गर्छौं भन्नेमा भावनात्मक रुपमै प्रतिबद्ध भएर पाँचजना पूर्वप्रधानमन्त्रीले संयुक्त वक्तव्य निकालेको र त्यहीअनुसार पाँचदलीय विपक्षी गठबन्धन बनेको बताए।

५. ‘हाम्रा विषयमा अनावश्यक चलखेल नगर’
कांग्रेस सभापति देउवाले सबै मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लिखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहेको बताए। उनले भने, ‘नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीहरुले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्दछ भन्ने मान्यता राख्दछौं।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने यसमा प्रष्ट सन्देश नै प्रवाह गरे। ‘हामीले कोहीसँग पनि दुश्मनी गर्न खोजेका छैनौं, हाम्रा छिमेकी र सबै मित्रराष्ट्रसँग हामी राम्रो सम्बन्ध हुनुपर्छ भन्ने पक्षमा छौं, त्यही चाहन्छौं’, प्रचण्डले भने, ‘तर, हामीलाई हामीभित्रै हुने अनावश्यक चलखेल सह्य र स्वीकार्य छैन।’

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्