काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले बताएका छन्।
अधिवेशन असार १७ गते दिउँसो ४ बजेका लागि बोलाइएको छ।
गत पुस १७ गते बोलाइएको राष्ट्रिय सभाको अधिवेशनमा चार वटा मात्रै बैठक बसेर पुस २६ गते अन्त्य गरिएको थियो।
प्रतिनिधि सभा विघटन गरेपछि राष्ट्रिय सभामा आलोचना भइरहेको सन्दर्भमा सरकारले सो सभाको पनि अधिवेशन अन्त्य गरिदिएको थियो। एउटा अधिवेशन र अर्को अधिवेशनबीचको समयावधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।