काठमाडौं- वरिष्ठ अधिवक्ता खगेन्द्र अधिकारी राष्ट्रपतिको सूचनाले नै केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न अयाेग्य भनेकाे तर्क गरेका छन्।
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा बिहीबार सर्वाेच्च अदालतको संवैधानिक इजलामा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले संविधानले नै एकपछि अर्को विकल्पमा जाऊ भनेको स्मरण गरे।
'केपी शर्मा ओली प्रधानमन्त्रीको प्रतिस्पर्धाकाे रिङबाट आउट भएकाे उम्मेद्वार हाे। विश्वासकाे मत गुमाएकाे व्यक्ति फेरि प्रतिस्पर्धामा भाग लिन पाउँदैन', अधिकारीले भने, 'प्रतिनिधि सभाकाे नियमावली अनुसार उहाँले विकल्प खोज्ने हाे। विकल्प खाेज्दा आफूले नै कसरी दाबी गर्न मिल्छ?'
राष्ट्रपतिले जारी गरेकाे सूचना नै प्रधानमन्त्रीकाे अयाेग्यता रहेको उनले बताए। 'प्रधानमन्त्रीले मैले विश्वासकाे मत प्राप्त गर्न सक्दिनँ भनी मार्ग प्रशस्त गरेकाे कुरा राष्ट्रपतिले सूचना जारी गरेपछि याे कानुन भएकाे छ। ओली अयाेग्य भएकाले दाेहाेराे दाबी लाग्दैन', अधिकारीले भने।
प्रधानमन्त्री ओलीले प्रतिदावीलाई लिन नपाउने उनले तर्क गरे। ओलीले राजेन्द्र महताेकाे समेत प्रतिदावी कसरी लिन मिल्छ? कुन-कुन सांसदहरुले हस्ताक्षर गरेकाे भनी सूचना कसले प्रधानमन्त्रीलाई दियाे?', अधिकारीले भने, 'याे सूचना कसले चुहायाे? याे संविधानका लागि गम्भीर हाे। सांसद्का कुरा शीतलनिवासमा हैन संसदमा गणना हुनु पर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।