काठमाडौं- वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले १४६ जना सांसदको समर्थनप्राप्त कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइ ३० दिनभित्र विश्वासको मत लिन भनेर आदेश जारी गर्नुपर्ने माग गरेका छन्।
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता कार्कीले ७६(५) अनुसार देउवाले १४६ सांसदको समर्थन प्राप्त गरेकोले उनलाई प्रधानमन्त्री बनाइ ३० दिनभित्र विश्वासको मत लिनु भनेर आदेश जारी हुनुपर्ने बताएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको पालन र काम नगरेको भन्दै उनकाबारेमा पनि अदालतले बोल्नुपर्ने उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले ७६(३) अनुसार विश्वासको मत लिन सक्दिन भनेर हात उठाएपछि फेरि उपधारा ५ अनुसार दाबी गर्न नमिल्ने उनको तर्क थियो।
'उहाँसँग आधार थियो भने ७६(३) अनुसार विश्वासको मत किन नलिएको त?,' इजलाससमक्ष कार्कीले भने, '७६(५) दलीय समर्थन होइन यो सांसदहरुको समर्थन हो। दलभन्दा बाहिर निस्केर व्यक्ति बनाउन खोजेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।