काठमाडौं- वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले राष्ट्रपतिका काम–कारबाहीमा पनि सर्वोच्च अदालतले न्यायिक पुनरावलोकन गर्नेसक्ने बताएका छन्।
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता खड्काले तत्कालीन राजाले गरेको काममा समेत सर्वोच्चबाट न्यायिक पुनरावलोकन भएको बताए।
'राष्ट्रपतिले मैले गरेको काम न्यायिक पुनरावलोकन हुँदैन भन्नु भयो। तर, सर्वोच्च अदालतले राजाले कसैको सिफारिसमा काम गर्छ भने अदालतले न्यायिक पुनरावलोकन गर्न सक्छ भनेर मनमोहन अधिकारीको मुद्दामा व्याख्या गरेको छ,' बिहीबार बहसका क्रममा वरिष्ठ अधिवक्ता खड्काले भने।
वरिष्ठ अधिवक्ता खड्काले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान च्यातेर खाने काम भएको पनि बताए। 'सविधान च्यातेर खाने । एउटा प्रमको हातमा र अर्को राष्ट्रपतिको हातमा राख्ने?' वरिष्ठ अधिवक्ता खड्काले भने।
उनले प्रधानमन्त्रीले गरेका काम बदरभागी रहेको बताए। 'ससंद्बाट विश्वासको मत नपाएकाले ७६ (३) का लागि उहाँ अयाेग्य हाे। उहाँले म मार्ग प्रशस्त गर्छु भन्नुभएको छ। उहाँले ७६ (५) मा भाग लिन पाउनु हुँदैन', खड्काले भने।
राष्ट्रपतिले दाबी गर्न अरु काेही आउँदैनन् भनेर २१ घण्टा समय दिएकाे तर शेरबहादुर देउवाले पनि दाबी गरेपछि विघटन गरेकाे खड्काको तर्क छ। 'रिट जारी हुनुपर्छ। संविधानमा पाँच वर्ष संसद् कायम रहने भनेकाे छ। कहीँ विघटनकाे कुरा छैन', खड्काले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।