काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका शंकास्पद देखिएको बतँएका छन्। १४९ जना सांसदको हस्ताक्षरसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि प्रस्ताव गर्दा पनि राष्ट्रपतिले ओलीलाई नै साथ दिएको यादवले बताए।
'राष्ट्रपतिले गरेको आह्वान अनुसार हामीले शेरबहादुर देउवालाई समर्थन गर्दै १४९ को हस्ताक्षर राष्ट्रपतिलाई बुझायौं,' बिहीबार विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकहरुसँगको अन्तर्क्रियामा बोल्दै यादवले भने, 'तर किन त्यही अनुसार प्रधानमन्त्री नियकुत् गरिएकन? यसैले यहाँ राष्ट्रपतिको भूमिका शंकास्पद छ। कि त ओलीबाहेक अरुलाई प्रधानमन्त्री नियुक्ति गर्दिन भन्नुपर्यो।'
अध्यक्ष यादवले कानुनी र राजनीतिक रुपमा संघर्ष रअगाडि बढ्ने बताए। 'संविधान र लोकतन्त्रको रक्षाका लागि हामी मिलेर अगाडि बढ्छौं। सबैको सद्भाव र सहयोग चाहन्छौं। संविधान र लोकतन्त्रको रक्षामा होओस्,' यादवले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।