काठमाडौं– राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले पाँच दल एक ठाउँमा उभिएपछि प्रतिगमन पराजित हुनुको विकल्प नभएको बताएका छन्। बिहीबार नयाँ बानेश्वरमा आयोजित सम्पादकहरुसँगको छलफलमा उनले आफ्नो धारणा राख्दै हिजो गणतन्त्रको पक्षमा उभिएका शक्तिहरु एक ठाउँमा उभिएको बताए।
‘२०६३ सालको राजनीतिक आन्दोलनमा भाग लिएका राजनीतिक शक्तिहरु अहिले एक ठाउँमा आउनुपर्ने आवश्यकता छ। हामीले पुस ५ पछि नै भनेका थियौँ। तर अहिले एक ठाउँमा उभिएका छौँ। पाँच दल एक ठाउँमा उभिएपछि प्रतिगमन पराजित हुनुको विकल्प छैन’, उनले भने।
उनले पहिले पनि प्रतिनिधि सभा विघटन हुने गरेको भए पनि अहिलेको विघटनको प्रकृतिमा अन्तर भएको बताए। ‘गत वर्ष भारतीय गुप्तचर संस्था रअका प्रमुख नेपाल आएपछि अप्रत्याशीत घटनाक्रम भएको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।