काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार र स्वेच्छाचारी कार्यका कारण संविधान सभाबाट जारी संविधान संकटमा परेको बताएका छन्।
बिहीबार नयाँ बानेश्वरमा आयोजित सम्पादकहरुसँगको छलफलमा आफ्नो धारणा राख्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको देउवाले बताए।
सभापति देउवाले प्रधानमन्त्रीबाट गैरजिम्मेवारपूर्ण कार्यहरु भइरहेको पनि बताए। ओलीकै कारण राष्ट्रियता र लोकतन्त्र पनि खतरामा परेको देउवाको भनाइ छ।
सभापति देउवाले परिस्थिति संवेदनशील बनेकाले नागरिक समाजदेखि सञ्चार क्षेत्र (प्रेस)लगायत सबैसँग सहकार्य गर्न अपरिहार्य देखिएको बताए। 'परिस्थिति संवेदनशील बनेपछि राजनीतिक दलले नागरिकदेखि प्रेसलगायत सबैसँग बृहत सहकार्य गर्न अपरिहार्य ठानेर यो छलफल गरिएको हो,' बिहीबार विपक्षी गठवन्धनको पत्रकार सम्मेलनमा देउवाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।