काठमाडौं- वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजालाई समेत नभएको अधिकार राष्ट्रपतिलाई कसरी भयो भन्दै अदालतमा प्रश्न उठाएका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले २०४७ सालकाे संविधानमा राजाका विषयमा अदालतमा प्रश्न उठाउन नपाउने व्यवस्था भएको उल्लेख गर्दै भने, 'अन्तरिम संविधानदेखि याे अधिकार अन्त्य भयाे। गणतन्त्रमा राजाले पाउने अधिकार खाेसियाे।'
उनले राष्ट्रपतिको काम र भूमिकामाथि समेत प्रश्न उठाउन पाइने बताए। तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटुवाल प्रकरणमा राष्ट्रपति रामवरण यादवमाथि प्रश्न उठिसकेकाले अहिले अदालतले प्रश्न उठाउन पाइँदैन भन्ने नमिल्ने उनले तर्क गरे।
'अदालतले हेर्न र रिभ्यु गर्न सक्दैन भन्न मिल्दैन। शाही आयाेग र कटुवाल प्रकरणकाे मुद्दामा याे सबै भनेकाे छ', पूर्वमहान्यायाधिवक्ता समेत रहेका श्रेष्ठले थपे, 'राजालाई नभएकाे अधिकार राष्ट्रपतिले कसरी छ भन्न पाउनु हुन्छ? अहिले २०४७ सालकाे संविधान पनि छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।