काठमाडौं– भूमिगत राजनीति छाडेर ‘खुला’ राजनीतिमा आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव)ले श्रमसँग जोडिनु हरेक कम्युनिस्टको आचरण बन्नुपर्ने बताएका छन्।
रोपाइँको बेला खेतमा धान रोप्दै गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै विप्लवले कम्युनिस्टहरुले श्रमसँग जोडिनुपर्ने बताएका हुन्।
‘श्रमसँग नियमित जोडिनु हरेक कम्युनिस्टको आचरण बन्नुपर्छ,’ विप्लवले धान रोप्दै गरेको भिडियो शेयर गर्दै लेखेका छन्।
तत्कालीन एकीकृत नेकपा माओवादी विभाजित हुँदा मोहन वैद्य (किरण)सँगै नेकपा–माओवादीमा लागेका विप्लवले पछि वैद्यको पनि साथ छाडेर छुट्टै पार्टी गठन गरेका थिए।
केही वर्ष भूमिगत राजनीति गरेका उनी गत फागुनदेखि भने सरकारसँग ३ बुदे सम्झौता गर्दै ‘खुला राजनीति’मा आएका हुन्। अहिले उनी कपिलवस्तुस्थित आफ्नै घरमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।