काठमाडाैं- वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानको धारा ७६ को १ देखि ३ सम्ममात्र दलको आधारमा भोटिङ गर्न सांसद बाध्यात्मक हुने तर, अन्य धारामा किन नहुने भन्ने प्रश्न गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै थापाले उक्त प्रश्न गरेका हुन्।
उपधारा ५ स्वतन्त्र रुपमा सांसदहरुले भोट इच्छा लागेको व्यक्तिलाई गर्नसक्ने व्यवस्था रहेकाे तर, धारा ७६ को उपधारा ५ मा आइपुग्दा त्यो बाध्यता नभएको उनले जिकिर गरे।
‘राजनीतिक दलका लागि र दलको निर्णय मान्न सांसदका लागि धारा ७६ को १ ,२ र ३ बाध्यात्मक छन्। तर, ७६ को ५ अनुसार सरकार बनाउन बाध्यात्मक छैन,’ थापाले भने।
उक्त धारा अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत सांसदको हस्ताक्षर पेश गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री बनाउनुपर्ने उनको भनाइ थियो।
राष्ट्रपति भण्डारीलाई शंका लागेमा प्रतिनीधि सभामा परीक्षण गर्नसक्ने उनले दाबी गरे। राष्ट्रपति भण्डारीले देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी अस्वीकार गर्दै विघटन गर्ने अधिकार नभएको उनले जिकिर गरे।
प्रतिनिधि सभा विघटनको अन्तिम सुनुवाइ बुधबारबाट शुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।