काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन्।
सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सक्रियता बढाएपछि पाैडेलले पनि आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका हुन्। भोलि बिहीबार दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा भेला बोलाइएको पाैडेलनिकट एक नेताले बताए।
भदाैमा तय कांग्रेसको १४औं महाधिवेशनका लागि कांग्रेसभित्र तयारी तीब्र छ। सभापति देउवाले फेरि सभापति उठ्ने बताएका छन् भने निधिले पनि सभापति उठ्ने बताएका छन्।
देउवाले यसअघि आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। निधिले पनि विभिन्न भेटघाट र छलफल गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।