फाइल तस्वीर।
काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिले संविधान अनुसार चल्नुपर्ने बताएका छन्। उनले राष्ट्रपतिले राजनीतिक आधारलाई हेरेर नभई संविधान हेरेर निर्णय गर्नुपर्ने बताए।
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बुधबार बहस गर्ने क्रममा उनले राष्ट्रपतिले कार्यकारिणी अधिकार लिन खोजेको समेत बताए।
'राष्ट्रपतिले संविधान हेरेर निर्णय गर्ने हो कि राजनीतिक आधार हेर्ने हो? कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा हुन्छ। राष्ट्रपतिलाई होइन', थापाले भने।
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको सिफारिस गर्दा राष्ट्रपतिले संविधानका प्रक्रिया पूरा भएको छ कि छैन भनेर हेर्नुपर्नेमा त्यसो नगरिएको थापाले बताए।
'राष्ट्रपतिबाट संविधानका धाराका प्रक्रिया पूरा गरियो कि गरिएन? त्यो प्रक्रिया भनेको संविधानको ७६ का धाराको कार्यान्वयन हो', थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।