काठमाडौं– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य समान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बढेको बजार आज सामान्य घटेको हो।
मंगलबार ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
तेजावी सुन भने प्रतितिला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। बुधबार सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।