काठमाडौं– सरकारी कम्पनीले निषेधाज्ञाको अवधिमा दिँदै आएको छुट सुविधा बन्द गरेका छन्। निषेधाज्ञा खुकुलो भएसँगै सरकारी कम्पनीबाट खाद्यान्नमा छुट नपाइने भएको छ।
सरकारले उपत्यकामा मंगलबारबाट निषेधाज्ञा खुकुलो बनाएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले बुधबारबाट खाद्यान्नमा छुट नदिने भएका हुन्।
निषेधाज्ञा खुकुलो भएसँगै खाद्यमा छुट नदिने निर्णय भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले बताइन्।
यसअघि सरकारले आर्थिक वर्षको बजेटमा सरकारी स्वामित्वका दुई कम्पनी साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट विक्री हुने खाद्यान्नमा निषेधाज्ञा अवधिभर २० प्रतिशत छुट दिने उल्लेख थियो।
सोही व्यवस्था अनुसार जेठ २० गतेदेखि कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, तेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छुट दिँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।