काठमाडौं– प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेतालाई बालुवाटार बोलाएका छन्। बिहान १० बजेपछि बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने एक नेताले बताए।
पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीले पूर्वमन्त्रीसँगै स्थायी कमिटी सदस्य तथा केही सांसदलाई बालुवाटार बोलाएको एमालेका एक नेताले बताए।
अनौपचारिक रुपमा बोलाइएको उक्त बैठकमा सर्वोच्चको कदमपछिको राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ।
यसअघि प्रधानमन्त्रीले हिजो (मंगलबार) बालुवाटारमै सर्वोच्चको फैसलापछि पदमुक्त भएका मन्त्रीहरुसँग छलफल गरेका थिए।
बालुवाटारमा निवर्तमान मन्त्रीहरूसँगको भेटमा ओली अदालतले एकपछि अर्को अवरोध गर्ने काम गरिहेको बताएका थिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।