काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुने बताएका छन्।
अरु देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहँदा नेपालका नेताहरु भने अनावश्यक कार्यमा लागिरहेको भन्दै उनले ट्वीटरमा भनेका छन्, ‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड–१९ खोप जुटाउन व्यस्त छन्, हामीचाहिँ कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चने भयौं।
संविधानको रक्षा गर्न नसके लोकतन्त्र नै संकटमा पर्ने भट्टराईले बताएका हुन्। ‘अब त चेतौं–छिटो संवैधानिक परिषद् विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान–लोकतन्त्र ट्र्याकमा ल्याऊ! अदालत÷दल÷नागरिकले आआफ्नो धर्म निभाऊँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।