काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले सर्वोच्च अदालतका पछिल्ला फैसला (आदेश)लाई एमालेको एकताको पक्षमा उत्प्रेरणा मान्न सकिने बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै नेता भट्टराईले बुझ्नुपर्ने (पार्टीको नेतृत्व)लाई अदालतका आदेश तथा फैसलाहरु पाठ भएको पनि बताएका छन्।
'अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त,' भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, 'एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।