पश्चिम रुकुम– महिलाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। मुसीकोट नगरपालिका–१ बस्दै आएका १९ वर्षीय अमरबहादुर वादीलाई पक्राउ गरी बुधबार प्रहरीले सार्वजनिक गरेको हो।
मंगलबार उनले स्थानीय इच्छा बुढा मगरको हत्या गरेका थिए। शारिरीक सम्बन्ध राख्ने महिलाको मृत्यु भएपछि आफुले नालीमा फालेको अभियुक्तले दाबी गरेका छन्।
डिएसपी सुमित खड्काका अनुसार अभियुक्त वादीले यौन सम्पर्कको क्रममा महिलाको मृत्यु भएको र शव फालेको बयान दिएका छन्।
प्रहरीका अनुसार घटनाको दिन दुवै जनाले मदिरा सेवन गरेका थिए। त्यसपछि मिलेमतोमै सम्बन्ध राखेको उनले बताएका छन्।
प्रहरीका अनुसार उनीहरुबीच पुरानै चिनजान थियो। महिलाले नै बोलाएर उनी महिलाको डेरामा गएका थिए। महिलाले अत्याधिक मदिरा सेवन गरेकी थिइन्।
सम्बन्ध राख्ने क्रममा महिला बेहोस भएको र उनको मृत्यु भएको युवकले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।