फाइल तस्बिर
धादिङ। अविरल वर्षाका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ क्षेत्रमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
प्रहरीका अनुसार गत बिहीबार राति करिब ११:१० बजे सडकको माथिबाट ठूलो ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरो हटाएपछि हाल सडक एकतर्फी सञ्चालनमा आएको हो।
प्रहरीले वर्षाका कारण थप पहिरोको जोखिम रहन सक्ने भएकाले सडकमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।