काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले क्षणिक निजी स्वार्थका निम्ति लम्पट बन्नेहरुको आँखा खुलोस् भन्दै व्यंग्य गरेका छन्।
जसपाको महन्थ ठाकुर र राजेन्द्र महतोपक्षलाई लक्षित गर्दै भट्टराईले समाजिक सञ्जाल ट्वीटरमा यस्तो व्यंग्य गरेका हुन्। क्षणिक स्वार्थमा लाग्दा सरकारबाट तत्काल बाहिरिनुपरेको भट्टराईले टिप्पणी गरेका छन्।
संविधान निर्मातामध्ये नै संविधान शब्द, भावनाविपरीत गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउनु अदालतले उल्ट्याउनु नेपाली राजनीति रोचकसमेत भएको भट्टराईले बताएका छन्। ‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरीत गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद् हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।