काठमाडौं- लगानी बोर्डको ४७ औं बैठकले २ वटा जलविद्युत आयोजनाका लागि ८ करोड २० लाख अमेरिकी डलर बराबरको लगानी स्वीकृत गरेको छ।
मंगलबार बसेको बोर्डको बैठकले ताप्लेजुङ जिल्लामा रहेको २८५ मेगावाट उत्पादन क्षमताको अपर तमोर हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट र मनाङ जिल्लामा रहेको १३९.२ मेगावाट उत्पादन क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत परियोजनाका लागि यो लगानी रकम स्वीकृत गरेको हो।
बोर्ड बैठकले तल्लो अरुण जलविद्युत परियोजनाको समझदारीपत्रको मस्यौदा स्वीकृत गर्ने तथा दमक इन्ड्रस्ट्रियल पार्कको डिपिआर स्वीकृत गर्ने पनि निर्णय गरेको छ।
त्यस्तै, दाङ सिमेन्ट इन्डस्ट्री र सम्राट सिमेन्ट इन्डस्ट्रीको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा मुक्तिनाथ केबलकारको विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने समय पनि थप गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।