काठमाडौं- कोरोनाका कारण दुई देशसँगको हवाई सम्झौता पर धकेलिने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोनाको दोस्रो लहर सुरु हुनु अगावै इन्डोनेसियासँग हवाई सम्झौता पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरेको थियो। तर, कोरोनाका कारण अहिलेसम्म हवाई सम्झौताको समय तय हुन सकेको छैन।
दुई पक्षीय रुपमै पत्र-आदान प्रदान भइरहेपनि हवाई सम्झौता पुनरावलोकनको समय तय हुने नसकेको मन्त्रालयका सह–सचिव तथा हवाई उद्योग महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले जनाकारी दिए।
यसैगरी रुससँगको हवाई सम्झौता पनि रोकिएको छ। रुसले दुतावासमार्फत हवाई सम्झौताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र पठाएको थियो।
पत्रकै आधार मन्त्रालयले सम्झौताका लागि डाफ्ट पठाएको थियो। तर, अहिलेसम्म रुसबाट कुनै जवाफ नआएको लामिछानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।