काठमाडौं- मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटमा मंगलवार (आज) सुनुवाइ हुँदै छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेकाे रिटमा दुवै पक्षलाई छलफलका लागि आज बाेलाइएकाे थियाे।
यसअघि जेठ २५ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलमा बाेलाएकाे थियाे। सर्वाेच्चले लिखित जवाफ माग गरेपछि फेरि मिन्त्रपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत दर्ता भएकाे छ। यसअघि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न भनेको थियाे।
अब दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउनेछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार सुवालसहित ६ जनाले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए।
आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेमा पछिल्लाे पटक दुई पटक विस्तार भएकाे मन्त्रिपरिषद् बदर हुनेछ।
रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।