काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षलाई आधिकारिता दाबीका लागि प्रमाणसहित जवाफ पेश गर्न १५ दिनको सूचना जारी गरेको छ।
जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले ४ असारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिता सम्बन्धी विवादको निरुपण गरिपाउँ भन्दै आयोगमा निवेदन दर्ता गराएको थियो।
उक्त निवेदनमाथि निर्णय गर्दै प्रमाणसहित लिखित जवाफ पेश गर्न १५ दिनको अविधि दिइएको हो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।