काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि नेपालको आवासीय राजदूत डा युवराज खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्।
सोमबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन्।
गत पुस ७ गते राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम सरकार, मन्त्रिपरिषद्को सिफारिसमा खतिवडालाई अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।