काठमाडौं- गण्डकी प्रदेशका प्रदेश सभा सदस्यबाट दोस्रोपटक निलम्बित राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुर्नबहालीको माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन्।
थापाले आइतबार दोस्रोपटक सर्वोच्चमा निवेदन दिएका हुन्। उनको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशी रहेको छ। रिटमा सोमबार सुनुवाइ हुँदैछ। जेठ ३१ गते सर्वोच्चको संयुक्त इजलासले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको थियो।
न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम खारेज गरेको थियो। जेठ २३ गते न्यायाधीश कुमार चुडालको इजलासले थापाका पक्षमा अन्तरिम आदेश दिएको थियो। उनी प्रदेश सभामा बहाल भएपछि जनमोर्चाले फेरि कारबाही गरेको थियो।
राष्ट्रिय जनमोर्चा, गण्डकी प्रदेश सभा र सभामुखको भ्याकेटको निवेदमा यसअघि जारी भएको अन्तरिम आदेश खारेज गरेसँगै थापाको सांसद पद स्वतः खारेज भएको थियो। जनमोर्चाको सिफारिसमा प्रदेश सभाले दोस्रोपटक सांसद पदबाट निलम्बन गरेका थापा अब प्रदेश सभामा भाग लिन नपाउने भएपछि सर्वोच्चमा आएका हुन्।
गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका ३ सांसद थिए। थापाले मुख्यमन्त्रीको निर्वाचनमा जनमोर्चाले सर्मथन गरेको पक्षमा नउभिएपछि कारबाहीमा परेका थिए।
निलम्बनमा परेपछि उनी सर्वोच्च पुगेका थिए। सर्वोच्चले जेठ २२ गते थापाको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो। सत्ता सहकार्यका लागि जनमोर्चा निर्णायक भएपछि राजमोले नेकपा (एमाले)लाई दिएको सर्मथन फिर्ता लिँदै नेपाली कांग्रेसको गठबन्धनलाई सर्मथन दिएको थिए।
तर, थापा त्यसविरुद्ध उभिएका थिए। पार्टीको नीति विपरीत उभिएको भन्दै उनलाई कारबाही गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।