काठमाडाैं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भसाउन लागेको आरोप लगाएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पार्टी बैठकमा गरेकाे हस्ताक्षरसमेत कीर्ते गरेकाे भन्दै उनले उक्त आराेप लगाएका हुन्।
‘मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन। स्वच्छ छवीका मानिएका ८० वर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरोसमेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु। नट ईन माई नेम,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।