काठमाडौं- जनता समाजवादी पार्टी निकट कानुन व्यवसायीले महन्थ-राजेन्द्र समूहविरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन्।
अल्पमतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादव समूहनिकट कानुन व्यवसायीले अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन्।
भट्टराई-यादव समूहको तर्फबाट संघीय कानुन व्यवसायी संघका अध्यक्ष दीपक राईलगायतका अधिवक्ताहरूले मुद्दा दर्ताको लागि तयारी सुरू गरेका छन्।
‘अर्काे प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुपयोग गरेर निर्वाचन आयोगमा पेस गर्नु भएछ,’ अधिवक्ता राईले भने, ‘कीर्ते जालसाक्षी लिखतसम्बन्धी कसूरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौं। यस्तो कसूर चाहिँ दुनियाँवादी फौजदारी मुद्दाको रुपमा दर्ता मिल्छ यही अनुसार दर्ता गर्न लागेका छौं। यसमा महन्थ ठाकुरलाई विपक्षी बनाउछौं।’
जसपाको भट्टराई-यादव समूहले आफ्नो समूह जसपाको आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।