काठमाडाैं- चालु आर्थिक वर्षको १० महिनामा सात लाख छ हजार ३०२ जना करदाता थपिएका छन्। साउनदेखि वैशाख मसान्तसम्म उनीहरुले स्थायी लेखा (पान) नम्बर लिएका हुन्।
थपिएका करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने सबैभन्दा बढी चार लाख ६८ हजार १३४ रहेका छन्। यसैगरी थप दुई लाख ३४ हजार १४० जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन्। उक्त अवधिमा करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर चार हजार २८ रहेको छ।
यसैगरी मूल्य अभिवृद्धि करतर्फ ३२ हजार ७४५ र अन्त: शुल्कतर्फ १७ हजार १९९ करदाता थपिएको अर्थ मन्त्रालयद्वारा प्रकाशित वैशाख महिनाको अर्थ बुलेटिनमा उल्लेख छ।
यससँगै स्थायी लेखा नम्बर लिने करदाताको कूल संख्या ४० लाख ४३ हजार ७९४ पुगेको छ। कूल करदातामध्ये व्यवसायिक स्थायीलेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४ (३९.४ प्रतिशत), व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार ५८६ (६०.४ प्रतिशत) र करकट्टी गने निकायले लिएको स्थायी लेखा नम्बर नाै हजार १३४ (०.२ प्रतिशत) पुगेको छ। यसैगरी मूल्य अभिवृद्ध करमा दर्ता भएका करदाताको ससख्या दुई लाख ४८ हजार ७०८ र अन्त:शुल्कमा दर्ता हुने करदाताको ससख्या एक लाख ११ हजार ४९१ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।