• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मानवअधिकार उल्लंघनका घटना : ज्ञानेन्द्र, प्रचण्ड, देउवासहितको कालोसूची सार्वजनिक गर्दै आयोग

64x64
नेपाल लाइभ बुधबार, जेठ १६, २०७५  ०८:४८
1140x725

काठमाडौ‌ं– राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर मानवअधिकार हननमा संलग्न रहेका व्यक्तिहरुलाई ‘मानव अधिकार हननकर्ता’का रुपमा कालोसूचीमा राख्ने तयारी गरेको छ।

मानवअधिकारको गम्भीर उल्लंघनमा संलग्न हुने अनि राज्यको सेवा–सुविधा भोग गरिरहने परिपाटि रोक्न र दण्डहिनता अन्त्य गर्न आयोगले कालोसूची सार्वजनिक गर्न लागेको हो। 

आयोगलले उक्त कार्यका लागि आवश्यक निर्देशिका समेत मस्यौदा गरिसकेको छ। मानवअधिकार आयोग ऐन र अन्य ऐनहरुले दिएको अधिकारलाई एकीकृत तथा त्यससँग बाझिने कानुनहरुको संशोधन गर्नका लागि समेत पहल थालेको छ। 

आयोगको कानुन शाखाले मस्यौदा निर्माण गरी अन्तिम चरणमा पुगेको र छिटै मानवअधिकार हननकर्ताको सूची सार्वजनिक गर्ने आयोगका अध्यक्ष अनुपराज शर्माले बताए। कालोसूची अद्यावधिक गर्ने कार्य आयोगका अध्यक्षका रुपमा शर्माले सपथ लिएलगत्तै थालेका थिए। आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीले आवश्यक कानुन निर्माण भइसकेकाले छिटै कालोसूची सार्वजनिक हुने बताइन्।

आयोगले मस्यौदा गरेको ‘मानव अधिकार उल्लंघनकर्ताको नाम अभिलेख तथा सार्वजनिक गर्ने सम्बन्धी निर्देशिका’ले यस्ता व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गराउनेदेखि विदेश भ्रमणसम्म रोक्न प्रस्ताव गरिएको छ। 

सरकारी वा प्रशासनिक निकायका विभिन्न ओहदामा बसेका मानवअधिकार उल्लंघनकर्ताको पहिचान गरी शुद्धीकरण र सुधार गर्ने निर्देशिकामा उल्लेख छ। 

आयोगले मानवअधिकार ऐनको दफा ७४ मा रहेको व्यवस्थालाई टेकेर यस्तो निर्देशिका निर्माण गरेको हो। उक्त दफामा आफ्ना सिफारिस र आदेश कार्यान्वयन नभएमा आयोग आफैंले सक्रियता पूर्वक कारबाही गर्न सक्ने उल्लेख छ। 

विगत देखिनै मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्नुको साटो मन्त्रीदेखि विभिन्न ओहोदामा नियुक्त गरेर पुरस्कृत गरिएको भन्दै मानवअधिकार आयोगले पटक पटक गम्भीर आपत्ति जनाउँदै आएको छ। आयोगले पटक–पटक सिफारिस कार्यान्वयनका लागि दबाब दिए पनि सरकारले बेवास्ता गर्दै आएपछि बाध्य भएर आफैं कालोसूची निर्माणको कार्यमा जुटेको आयोग अध्यक्ष अनुपराज शर्माले सार्वजनिक रुपमा भन्दै आएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आयोगले २०५७ सालदेखि कारबाहीका लागि आयोगबाट भएका सिफारिसहरु कार्यान्वयन नभएकाले आयोगको सूचीमा दोषी देखिएका र उक्त सिफारिस कार्यान्वयन नगर्ने व्यक्तिहरुको नाम कालोसूचीमा राखिने प्रवक्ता अन्सारीले जनाइन्। 

‘पद र पहुँचमै रहेर आयोगका सिफारिसहरु कार्यान्वयनमा बेवास्ता गर्नेहरुलाई ध्यानमा राखेर निर्देशिका निर्माण गरिएको हो,’ अन्सारीले भनिन्, ‘आयोगले दण्डहीनता अन्त्य गर्ने पक्षमा कानुनले दिएको अधिकतम अधिकार प्रयोग गर्दै काम गर्नेछ।’ कालोसूचीमा पर्ने अवस्थामा विद्यमान भए यसले प्रधानमन्त्री, मन्त्री वा अन्य कुनै पनि पदको भनेर छुट नदिने प्रवक्ता अन्सारीले बताइन्। 

आयोगको निर्देशिकामा मानवअधिकार तथा मानवीय कानुनको गम्भीर उल्लंघनमा संलग्न र पद वा अधिकारको प्रभावमा पारी मानवअधिकार उल्लंघनमा संलग्नलाई लक्षित गरिएको छ।

त्यसैगरी जानी–जानी मानवअधिकार विरुद्धको अपराधमा संलग्न, राज्यशक्तिको दुरुपयोग गरेको भनी आयोगले गरेको सिफारिसमा परेका र आयोगले गरेका सिफारिसहरु कार्यान्वयन नगर्नेहरु पनि यस्तो सूचीमा समावेश हुने आयोगको निर्देशिकामा उल्लेख छ।  

Xtrem

Xtrem

कालोसूचीमा परेपछि के हुन्छ?

अन्तर्राष्ट्रिय अभ्यासहरुमा सार्वजनिक पदमा रहेको व्यक्ति नियुक्ति, बढुवा, सरुवा वा वैदेशिक भ्रमणमा जाँदा भेटिङ (मानव अधिकार हननमा संलग्न भए÷नभएको तथ्यांक हेर्ने) गर्ने चलन छ। २०५७ सालमा मात्र मानवअधिकार आयोगको गठन भएको र त्यसअघिका घटनामा कुनै आयोगै नभएकाले यसबारे केही हुन सकेको थिएन। 

सर्वोच्च अदालतले समेत केही मुद्दामा भेटिङको अनिवार्य व्यवस्था गर्न आदेश दिएको थियो। पूर्व प्रहरी प्रमुख कुवेरसिंह राना विरुद्ध दर्ता भएको मुद्दा, द्वन्द्वकालमा बेपत्ता भएका नागरिकका परिवारले हालेका केही मुद्दामा सर्वोच्चले भेटिङको प्रक्रियापछि सुरक्षा निकायमा बढुवा र अन्य कार्य नर्गन भनेको थियो। राजेन्द्र ढकाल विरुद्ध नेपाल सरकार र दुर्गेश लाभ विरुद्ध कुवेरसिंह राना भएको मुद्दामा सर्वोच्चले अनिवार्य भेटिङको नजिर नै बसाएको थियो।

सर्वोच्चले कुनै पनि निकायमा नियुक्ति गर्दा समेत मानव अधिकार हननकर्ता भए/नभएको भनी भेटिङ गर्न भनेको थियो। तर, सरकारले त्यसको बेवास्ता गर्दै त्यस्ता आरोप लागेका व्यक्तिको विषयमा आयोगसँग कुनै सल्लाह नै नगरी हरेक पटक नियुक्ति गर्ने गरेको छ। 

निर्देशिकाले सूचीमा परेका व्यक्तिलाई वैदेशिक भ्रमणमा प्रतिबन्ध लगाउने, तीन वर्षसम्म नियुक्ति, बढुवा वा वैदेशिक तालिममा सहभागी हुनबाट रोक्ने, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतका सुरक्षा निकायमा ३ वर्षसम्म संयुक्त राष्ट्रसंघीय मिसनमा पठाउन रोक्ने र ३ वर्षसम्म राहादानी लगायतका सरकारी सेवा–सुविधाबाट वञ्चित गराउने निर्देशिकामा उल्लेख छ। 

आयोगले सूची निर्माण गर्दा २०५७ जेठदेखि परेका उजुरीमा कारबाहीका लागि गरेको सिफारिसलाई पहिलो आधार बनाउने निर्देशिकामा उल्लेख छ। मानव अधिकारकालागि संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (ओएचसिएचआर)ले दिएको प्रतिवेदनलाई पनि आयोगले आधार बनाउनेछ। आयोगको वर्तमान कार्यसमिति आउनुअघि नै मानवअधिकार उल्लंघनमा संलग्न भएको किटान गर्दै तत्काल मुद्दा चलाउन ८ सय १७ वटा सिफारिस गरेको थियो। 

तीमध्ये गम्भीर मानव अधिकार उल्लंघन घटनामा दण्ड–सजाय गरी पदबाट निलम्वन गरी छानबिन गर्न करिब २ सय जनाको नाम सिफारिस गरेको थियो।

कुन–कुन घटनाका आधारमा को–को पर्दै छन् सूचीमा?

नेताहरु 

१. पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा– माओवादी जनयुद्धको समयमा भएका घटनामा छानबिन नगरेको साथै मानवअधिकार आयोगको सिफारिस कार्यान्वयन नगरेको।

२. पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड– जनयुद्धको कमान्डरका रुपमा। 

३. पूर्वराजा ज्ञानेन्द्र शाह– सशस्त्र द्वन्द्वको समयमा सेना पचिालन गरी विभिन्न आर्मी अप्रेसन सञ्चालन गरेको।

४. पूर्वगृहमन्त्री कृष्ण सिटौला– आयोगको सिफारिस कार्यान्वयन नगरेको।

५. पूर्वगृहमन्त्री कमल थापा– जनआन्दोलन दमनमा सक्रियता देखाएको तर अनुसन्धानको दायरामा नल्याइएको।

६. शाही कालमा मन्त्रिपरिषदका पूर्वउपाध्यक्ष तुलसी गिरी– जनआन्दोलनमा दमन गर्न सहयोग गरेको। 

७. जर्नादन शर्मा– तत्कालीन जनमुक्ति सेनाका कमान्डरका रुपमा।

८. शाही शासनका अन्य मन्त्रीहरु। 

९. पूर्वगृहमन्त्री विमलेन्द्र निधि– मधेश आन्दोलनका क्रममा गोली हान्ने आदेश दिएको। 

१३. पूर्व माओवादी नेता अग्नि सापकोटा– काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न। 

१४. पूर्व माओवादी नेता सूर्यमान दोङ–  काभ्रेमा अर्जुन लामाको हत्यामा संलग्न।

१५. द्वन्द्वकालीन समयका गृह र रक्षामन्त्री (सेना, प्रहरी र सुरक्षा निकायलाई मानव अधिकार हननका घटनामा शून्य कारबाही गरेको)

१६. नेपाली कांग्रेसका पूर्व सांसद मोहमद आफताव आलम– रौतहटमा इँटाभट्टीमा १३ जनालाई जिउँदै जलाएको।

१७. पूर्वमाओवादी सांंसद लालेन्द्र मण्डल– महोत्तरीमा व्यक्ति हत्याको आरोपमा मुद्दा रोकिएको।

१८. माओवादीका तत्तकालीन डिभिजन कमान्ड प्रमुखहरु।

सेना 

१. पूर्व प्रधानसेनापति प्यारजङ थापा– भैरवनाथ गण लगायत अन्य गणमा भएमा मानवअधिकार हननमा संलग्नहरुलाई कारबाही नगरेको।

२. पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल– सशस्त्र द्वन्द्वका समयमा मानवअधिकार हननका अप्रेसनहरु सञ्चालनमा संलग्न।

३. सिन्धुलीको भीमानस्थित ब्यारेकमा कार्यरत तत्कालीन मेजर अनुप अधिकारी, ब्यारेकका क्याप्टेन रमेश स्वाँर, मेजर अजितसिंह थापा– जनकपुरमा बेपत्तापछि हत्या गरिएका दुर्गेश लाभसहित ५ विद्यार्थीको हत्या घटना। 

४. दोरम्बा घटनाको समयमा रामेछाप व्यारेकमा तैनाथ मेजर र सैनिक अधिकारीहरु। 

५. किलो सेरा टुु लगायत अप्रेसनका प्रमुख र संलग्न सेना।

प्रहरी

१. पूर्वआाइजिपी कुवेरसिंह राना– जनकपुरमा विद्यार्थी हत्या घटना।

२. तत्कालीन एसएसपी चुडाबहादुर श्रेष्ठ– जनकपुरमा बेपत्तापछि हत्या गरिएका दुर्गेश लाभसहित ५ विद्यार्थीको हत्या घटना। 

३. पूर्व डिआइजी नवराज सिलवाल– राजेन्द्र ढकाललाई बेपत्ता बनाउने कार्यमा संलग्न भएको।

४. पूर्व डिआइजी जयबहादुर चन्द– कांग्रेस नेता मोहमद आफताब आलमलाई मुद्दा नचलाएको।

यहाँ उल्लेख गरिएका बाहेक थप विवरण अद्यावधि हुनेक्रममा रहेको आयोगले जनाएको छ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०७५  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ
सुनको भाउ घट्यो
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्