काठमाडौं- सर्वोच्च अदालतमा तत्काल प्रधानन्यायाधीश नियुक्ति हुनुपर्ने माग गर्दै दोस्रो निवेदन दर्ता भएको छ। सर्वोच्चमा नेतृत्व माग गर्दै अधिवक्ता लक्ष्मीप्रसाद पोखरलले दोस्रो निवेदन दायर गरेका हुन्।
यसअघि पनि सर्वोच्चमा यस्तै रिट निवदेन दर्ता भएको थियो। अधिवक्ता सन्तोष भण्डारीले प्रधानन्यायाधीश तत्काल नियुत्त गर्न माग गर्दै जेठ ६ गते रिट दायर गरेका थिए। उत्त रिटमा कारण देखाउ आदेश मात्र जारी भएको थियो।
गोपाल पराजुलीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिएपछि उक्त पद हाल रिक्त छ। न्यायपरिषद्ले उक्त पदमा वरिष्ठतम ३ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो। उक्त सिफारिस अनुसार संवैधानिक परिषद्ले सिफारिस नगर्दा प्रधानन्यायाधीश नियुक्ति रोकिएको हो। संसदीय सुनुवाइका लागि हालसम्म समितिसमेत निर्माण भएको छैन।
परिषद्ले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको नाम सिफारिस गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।