फाइल तस्वीर
काठमाडाैं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।
नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका खनालकाे ज्वरो कम हुँदै गएको उनका छाेरा निर्भीक खनालले जानकारी दिएका हुन्।
उनका अनुसार खनाल चिकित्सकको उच्च निगरानीमा रहेका छन्।
एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई बुधबार नेपाल बायु सेवा निगमको जहाजबाट उपचारका लागि दिल्ली लगिएकाे थियाे।
दिल्ली उड्नुअघि पनि उनलाई निरन्तर खोकी लागिरहेको थियो भने शरीर शिथिल देखिएको थियो। चिकित्सकहरुले कोराेना संक्रमण हुँदा उनलाई निमोनियाको समस्या देखिएको र त्यो समस्या फेरि बल्झिएको हुनसक्ने आशंका गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।