काठमाडौं– नेकपा(एमाले) माधव नेपाल समूहको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले हेलम्बु गाउँपालिकामा राहत वितरण गर्ने भएको छ ।
अनेरास्ववियु राहत सामग्री लिएर शुक्रबार हेलम्बु प्रस्थान गरेको छ। मेडिकले टिम सहितको अनेरास्ववियुको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रमा जान लागिएको अनेरास्ववियुकी नेतृ आरती लामाले बताइन्।
राहत वितरणका लागि हेलम्बु जान लागेको अनेरास्ववियुको टोलीलाई एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले विदाइ गरेका थिए। उनले बाढीबाट सबैभन्दा बढी पीडामा परेका नागरिकको पहिचान गरी राहत वितरण गर्न निर्देशन दिए।
उनले बेसाहारा र असहायलाई पहिलो महत्व दिन अनुरोध गरे। अनेरास्ववियुले जनताको पीडालाई आफ्नो पीडा ठानेर समस्या समाधानको निम्ति अग्रसरता लिएको मा धन्यवाद व्यक्त गरे। बाढीग्रस्त हेलम्बु गाउँपालिकामा १० लाख बराबरको राहत सामग्री वितरण गरिने अनेरास्ववियुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।