काठमाडाैं- गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार अवसरवादीहरुको गठबन्धन भएको बताएका छन्।
प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि बोल्नेक्रममा गुरुङले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टी एमालेले विश्वासको मत दिन नसक्ने बताए।
'मुख्यमन्त्रीप्रति मेरो सद्भाव छ तर, अवसरवादीहरुको गठबन्धनको सरकार हो यो। विश्वासको मत दिन एमालेले सक्दैन,' उनले भने, 'हामी निरपेक्ष विरोध र समर्थन गर्दैनौं। प्रदेशको गौरव उठाउने कार्यमा हाम्रो समर्थन रहन्छ।'
संघीयताको कार्यान्वयनमा कहाँ समस्या छन् भन्नसक्ने प्रतिपक्षी बन्ने गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।