काठमाडौं- निर्वाचन आयोगले लगातार तीन वर्षसम्म लेखा परीक्षण नगरेको भन्दै ४१ दललाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५४ को उपदफा १ को खण्ड (घ) बमोजिम लगातार तीन वर्षसम्म लेखा परीक्षण नबुझाएकाले ४१ दललाई ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको हो।
लगातार तीन वर्षसम्म लेखा परीक्षण नगरेपछि किन कारबाही नगर्ने भन्दै ७ दिनको समययावधि प्रदान गरिएपनि स्पष्टीकरण पेश नगरेको भन्दै शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी जरिवानाको जानकारी गराएको छ।
यी हुन् लेखा परीक्षण नगर्ने दलहरू :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।