काठमाडाैं– नेपाली कांग्रेसले अनुशासनको कारबाहीमा परेका नेता/कार्यकर्ताको सदस्यता नवीकरण नगर्न जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ।
क्रियाशील सदस्यता नवीकरणको क्रममा छुटेका नामलाई सूचीकृत गर्न छ दिनको अवधि रहेकोसमेत जानकारी गराइएको छ।
पार्टीको आधिकारिक उम्मेद्वार विरुद्ध विद्रोही उम्मेदवार, उम्मेदवारको प्रस्तावक/समर्थक र पार्टी अनुशासनको कारवाहीमा परेकोहरुको नामावली नपठाउन निर्देशन दिइएको हाे।
क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले बिहीबार मातहतका कार्यसमितिलाई परिपत्र गर्दै पार्टी परित्याग गरेकोहरुको नामसमेत नवीकरण नगर्न निर्देशन जारी गरेका हुन्। विधान बमोजिम नवीकरण गर्न छुट भएको भए असार ९ गतेभित्रको समय उपलब्ध गराइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।