काठमाडौं- विश्व वैंकले नेपालको कोरोना महामारी नियन्त्रणका लागि १५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ।
विश्व वैंकको आज बसेको कार्यकारी निर्देशक समितिको बैठकले कोभिड महामारी नियन्त्रण, जोखिममा परेकाको सुरक्षा र दिगो विकासलाई सहायता गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
"महामारीको आर्थिक र सामाजिक प्रभावकाबीच, हाम्रो प्राथमिकता प्रभावित जनसंख्यालाई तत्काल राहत प्रदान गर्ने र नेपालको हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु हो," मालदिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदद जर्वोसले भने।
नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन उक्त रकम उपयोग हुनेछ । कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, हरित पुनरुत्थानका लागि नियामक आधार खडा गर्ने, संरचनागत व्यवधान हटाउन तथा पूँजीमा निजी क्षेत्रको पहुँच पुर्याउन सहयोग रकम परिचालन हुने बताइएको छ ।
विकासका लागि नेपालको कार्यक्रमगत वित्तीय नीति पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन, कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, हरित पुनरुत्थानका लागि नियामक आधार खडा गर्ने, संरचनागत व्यवधान हटाउन तथा पूँजीमा निजी क्षेत्रको पहुँच पुर्याउन उक्त रकम उपयोग हुने बताइएको छ।
'यो विकास नीतिले नेपाल सरकारको कोभिड १९ को सामाजिक र आर्थिक प्रभावहरूलाई सम्बोधन गर्ने प्रयासलाई समर्थन गर्दछ र लचिलो आर्थिक सुधारका लागि संरचनात्मक अवरोधलाई पार गर्दछ,' कार्यक्रमका लागि वरिष्ठ अर्थशास्त्री र विश्व बैंकको टास्क टोली नेता केन इजेमेनारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।