काठमाडौं- सरकारले नेपाली श्रमिक संख्या धेरै रहेका मुलुकको हवाई उडान पुन सुरु गर्ने निर्णय गरेको छ।
बुधबार प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सीसीएमसी निर्देशक समितिको दोस्रो बैठकले नेपाली श्रमिक धरै रहेका ६ देशमा उडान खोल्ने निर्णय गरेको हो।
बुधबार राति अबेरसम्म बसेको सीसीएमसीको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो ।
यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ। कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने निर्णय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।