काठमाडौं- नेकपा (एमाले)ले बाढी पहिरो प्रभावितको तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन सरकारसँग माग गरेको छ। एमालेले मृतकका परिवारका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न पनि सरकारसँग आग्रह गरेको छ।
बुधबार एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा सरकारले हालै विपद् प्रतिकार्ययोजना पारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिक विपत्तिका विरुद्ध परिचालित गर्ने निर्णय गरेकोमा पारित कार्ययोजना प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताएको छ।
एमालेले प्राकृतिक विपत्तिको यस घडीमा स्वयंसेवी भावनाका साथ उद्धार र राहत कार्यमा सम्पूर्ण रुपमा परिचालित हुन सबै जनप्रतिनिधि, पार्टी कमिटी र युवा पंक्तिलाई आह्वान गरेको छ।
मनसुनको सुरुवातमै आएको यस स्तरको प्राकृतिक विपत्तिले निकै चिन्तित तुल्याएको पनि विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।