काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जनालाई मनोनित गरेका छन्।
कार्यकारिणी समितिमा आफ्नो पक्षमा बहुमत जुटाउन मनोनित गरेको सबै जना ठाकुर र राजेन्द्र महतो निकट रहेका छन्। थपिएका सदस्यमा ठाकुरनिकट ११ जना र राजेन्द्र महतोनिकट ६ जना रहेको जसपाका एक नेताले बताए। जेठको पहिलो साता नै ठाकुरले आफ्नो पक्षका सदस्य थपेको उनले बताए।
ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवनिकट कार्यकारिणी समितिका सदस्यलाई हटाएर त्यसको ठाउँमा आफूनिकट नेताहरूलाई कार्यकारिणी समितिमा राखेको उक नेताले बताए।
यता, निर्वाचन आयोगको फैसलाप्रति रुष्ट भएका उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन्। मंगलबार उनले कानुन व्यावासयीसँग सल्लाहसमेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।