काठमाडौं- बागमती प्रदेश सरकारले बाबुआमा दुवै नभएका बालबालिकाका लागि सामाजिक सुरक्षा भत्ता दिने भएको छ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् यस्तो व्यवस्था गर्न लागेको हो।
बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा कोभिडका कारण बाबुआमा दुवै गुमाएका बालबालिकाका लागि स्थानीय तहसँगको सहकार्यमा मासिक तीन हजार रुपैयाँका दरले शैक्षिक तथा सामाजिक भत्ता दिने विषय समावेश गरेको छ।
यसैगरी, अन्य कारणबाट बाबुआमा दुवै गुमाएका बालबालिकाका लागि भने मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था प्रदेश सरकारले बजेटमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।