काठमाडौं- सरकारको विरोधमा सडक प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नयाँबानेश्वरस्थित संसद् भवनअघि विरोधमा उत्रेका संघका कार्यकर्तालाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो।
प्रहरीले मनिष सिम्खडा, मनिष रायमाझी, अन्जनराज खतिवडा, सुवर्ण गौतम, सञ्जीव ढकाल, मनिष खड्का, रमित खड्का लगायतलाई पक्रेको संघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए।
प्रधानमन्त्री केपी ओली सरकार कामचलाउ भएको भन्दै गिती विरोध कार्यक्रम संघले राखेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।