काठमाडौं- प्रदेश २ सरकारले प्रदेश सभा निर्वाचन क्षेत्र विकासका लागि २ अर्ब ३५ करोड विनियोजन गरेको छ।
मंगलबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेट वक्तव्यमा सो कार्यक्रम र बजेट घोषणा गरेका हुन्। प्रदेश २ मा ३२ निर्वाचन क्षेत्र छन्।
प्रतिनिधि सभा भंग गरि अध्यादेशबाट बजेट सार्वजनिक गरेको संघीय सरकारले भने निर्वाचन क्षेत्र विकास कार्यक्रम खारेज गरेको थियो। सोही प्रकृतिको कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिएको हो।
बजेटमा यस किसिमको कार्यक्रम राख्ने वा नराख्ने भन्ने विषयमा विवाद रहँदै आएको छ। यस किसिमको कार्यक्रमका आलोचकहरुले सांसद्हरुलाई विकास निर्माणमा नभइ नीति निर्माणमा केन्द्रित गर्नुपर्ने भएकाले यस्ता कार्यक्रममा रकम छुट्याउन नहुने बताउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।