काठमाडौं- सुदूरपश्चिम सरकारले आगामी वर्ष अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्षका रुपमा मनाउने भएका छ। यसका लागि सरकारले २ अर्ब ४२ करोड ९८ लाख ९० हजार छुट्याएको छ।
मंगलबार सार्वजनिक गरिएको बजेमा खोपको पहुँच पुर्याइने र प्रयोगशालाको पनि स्तरोन्नति गर्ने उल्लेख गरिएको छ।
विभिन्न आन्दोलनका घाइतेका लागि निशुल्क उपचार गर्न १० करोड छुट्याइएको छ।
सेती अस्पताल ट्रमा सेन्टर र टिकापुर अस्पतालमा सरुवा रोग सेन्टर बनाउने तयारी सरकारले गरेको छ। यसैगरी अछामको बयलापाटामा रहेको न्याय हेल्थ मार्फत् सञ्चालित अस्पतालका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
प्रदेशका ६ हजार ३७ स्वयंसेविकाको निशुल्क स्वास्थ्य बीमा १ करोड छुट्याइएको छ।
स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ताकालागि ४ करोड रुपैयाँ र बीमाकालागि ३० लाख विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।